आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा चार विकेट गुमाएर ६१ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन् । यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन् । अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । मलेसियाका लागि एलिसा हन्टरले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा नेपालकी कृतिका मरासिनीले २ तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिए । नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ । तर, नेपालले आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो ।
दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।































प्रतिक्रिया