काठमाडौं उपत्यकामा आज ४४५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४४५ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५७ , भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना थपिएका हुन् । बुधबार ३८८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए । आजको पिसिआर १३,४१३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५६२२ , भक्तपुरमा ५९८ र ललितपुरमा ८१८ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७०३८ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । आज ९१७ जना निको भएका छन् । बुधबार १,११२ जना निको भएका थिए । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए ।

Logo