सुर्खेतमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत जिल्लाको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो। जिपमा ११ जना सवार थिए।

घाइतेहरूको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएकोसमेत प्रवक्ता नेपालीले बताए। यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकप्टरसमेत घटनास्थलमा पुग्ने जानकारी दिए।

Skip This
Skip This
Logo