नवीन अभिलाषीको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’ विमोचन

नवीन अभिलाषीको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’ विमोचन

केन्द्रबिन्दु
0
Shares

कवि नवीन अभिलाषी को तेश्रो कविता सङ्ग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको अध्यक्षतामा एवं अतिथि महेश पौडेल, सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो ।

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले सङ्ग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरू सुन्दर रूपले प्रस्तुत गरिएको हुँदा हुँदै पनि कवि मनले सामाजिक , आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेदकहरूलाई उत्साहमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरू लेखनमा फरक धारका रुपमा बिकसित भइरहेको परिप्रेक्ष्यमा यो कविता सङ्ग्रहले यथार्थतालाई टेकेर विचार र मुद्दाहरू जोडदार रुपमा उठाइएको रुपमा आफूले पाएको महसुस गरेको बताइन् । 

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा. अमर गिरीले साहित्य आकाशमा कवितालाई सर्वप्रिय विधाको रुपमा लिइएपनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत सङ्ग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन् । वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा विश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति  सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधार गर्ने बताए । 

Skip This
Skip This
Logo