विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘आर्थिक प्रतिबन्ध’ फुकुवा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसीसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।
निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै क्यानले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ । ‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ ।





























प्रतिक्रिया