रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्कासन गर्ने

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्कासन गर्ने

केन्द्रबिन्दु
0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आईपियो निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपियो बिक्री गर्न लागेको हो । 
जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो । 
रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्कासन गर्ने तयारी गरेको थियो । कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निमाण गरिरहेको छ ।  यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।
 

Skip This
Skip This
Logo