अमेरिकी हास्य कलाकार बिल कास्वीलाई नाबालिकाको यौन शोषण गरेको अभियोगमा अदालतले उनलाई ५ लाख डलरको जरिवाना तोकेको छ ।
बिल काँस्वीले सन् १९७५ मा १६ बर्षिया एक नाबालिकालाई यौन शोषण गरेका थिए । ती नाबालिका अहिले ६४ वर्षको भईसकिन । त्यो अपराध गर्ने बेला बिल ३७ बर्षका थिए । यो फैसला पछि ती महिला निकै खुसी देखिन्छिन् । भने बिल कास्वी अझै यो आरोपलाई झुटो भनिरहेका छन् । ती महिलाले क्यालिफोनियाको कानुनको अधिनमा रहि यो मुद्दा लडेकी थिइन । क्यालिफोर्नियाको कानुन अनुसार यदि बाल्यअवस्थामा कोहि माथि यौन हिंसा भएमा उ/उनीले ठूलो भएपछि उजुरी गर्न पाउँछन् ।
ती महिलाले बिल विरुद्ध सन् २०१४ मा अदालतमा मुद्दा दायर गरेकी थिईन । सोही मुद्दामा बिल यसअघि एक वर्षको जेल सजाय पछि धरौटिमा जेल मुक्त भएका थिए । बिल जेल मुक्त भएको एक वर्षपछि क्यालिफोर्नियाको एक अदालतले उनलाई पूनः दोषि ठहर गरेको हो ।
बिल कास्वी उनको कमेडी ‘ द कास्वी शो’ का लागि परिचित छन । यो शोमा उनी एक मायालु बावु र श्रीमानको भूमिका निर्वाह गर्छन ।





























प्रतिक्रिया