एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदद्वारा संसदिय दलको बैठक बोलाउन माग

एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदद्वारा संसदिय दलको बैठक बोलाउन माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरुले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । 

उनीहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल बैठकको माग गरेका हुन् ।  मन्त्री र सांसदहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

ध्यानाकर्षण पत्र बिहीबार बुझाइएकाे हाे । आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसदहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले हस्ताक्षार गरेका छन् ।

Skip This
Skip This
Logo