एमालेद्वारा पोखराको नगरसभा बहिष्कार, च्यात्यो रातो किताब

एमालेद्वारा पोखराको नगरसभा बहिष्कार, च्यात्यो रातो किताब

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्ने नगर सभाको बैठकमा अवरोध भएको छ । नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेका नगर सभा सदस्यहरुले अवरोध गरेका छन् । सभागृहमा केहीबेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरुले विरोध जनाएका छन् । ४ बजे बैठक सुरु भएपछि एमालेका नेताहरु उठेर विरोध गरेका थिए । 

दलका नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको बिरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,झ उनले भनिन्, रातो किताब कसरी आयो आजै ? 

उनले बैठक चल्न नदिने बताएपछि हाल बैठक स्थगित भएको छ । नगरप्रमुख धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । यो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ, उनले भने । शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

Skip This
Skip This
Logo