सडक मर्मतमा लापरवाही गरेको भन्दै म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका स्थानीयले हिलो सडकमा धान रोपेका छन् ।छन् ।
अविरल वर्षाका कारण रानवाङदेखि दुखुखोलासम्मको सडक हिलो भएको छ । सरोकारवालाको ध्यानाकर्षण गराउन र निर्माण कम्पनीलाई दबाब दिन हिलो सडकमा धान रोपेको नयाँबजार निवासी श्रीराम पौडेलले बताए ।
‘सडक हिलो र खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने, ‘धान रोपेर प्रतीकात्मक विरोध गर्न बाध्य भएका छन् । धान रोपाईमा २० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
बिरुवा–कारभान जेजेड सडक कालोपत्र गर्ने ठेक्का पाएको कम्पनी तीन महिनादेखि सम्पर्कविहीन छ ।
सडक मर्मत र कालोपत्र गर्न हिमालयन बिल्डरलाई सब(ठेकेदारको रूपमा छनोट गरिएको थियो। मुख्य ठेकेदारले तिर्न नसकेपछि उप–ठेकेदारले पनि बीचमा काम रोकेका छन् ।
म्याग्दीको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले मुख्य ठेकेदारलाई पटक–पटक फोन र चिठ्ठीमार्फत सम्पर्क गर्दा पनि सुनुवाइ नभएको बताए ।
उक्त उपक्रमको ठेक्का २०७६ जेठ ३१ गते रु २७ करोडमा दुई वर्षका लागि भएको थियो । तर, अहिलेसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको छ ।





























प्रतिक्रिया