संघीयताबारे कांग्रेस नेताहरुको धारणा

संघीयताबारे कांग्रेस नेताहरुको धारणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन ।

मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समितिले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन ।  

उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउन नसकिने बताए । उनले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताए ।

यस्तै कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरे अनुसार संघीयताको फल पाउन नसकिएको बताए । उनले दुई तहको संघीयताको बारेमा बहश गर्ने बेला भएको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संघीयता बिरोधीहरुले संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक भइसकेको बताए ।
 

Skip This
Skip This
Logo