नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका छन ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपालमा आर्थिक संकट भएपनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका हुन ।
श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको बताएका छन । दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताएका हुन ।
उनले सरकार अर्थतन्त्र संकटमा पुग्दा समेत कोहीसँग छलफल र सहकार्य नगरेको बताए ।































प्रतिक्रिया