जोकोभिच विम्बल्डन टेनिसमा टिम भानलाई हराउदै क्वाटरफाइनलमा

जोकोभिच विम्बल्डन टेनिसमा टिम भानलाई हराउदै क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

डिफेन्डिङ च्याम्पियन सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

शीर्ष वरीयताका जोकोभिचले आइतबार राति डच वाइल्ड कार्ड टिम भानलाई ३–१ को सेटमा पराजित गर्दै आफ्नो सातौं उपाधिको सम्भावना कायम राखेका छन् । अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेको शीर्ष वरीयता प्राप्त जोकोभिच टिम भान विरुद्ध ६-२, ४-६, ६-१ र ६-२ ले विजयी रहे ।

हाल विश्ववरीयताको १ सय ४ औं स्थानमा रहेको भानले दोस्रो सेट जितेर खेल रोमाञ्चक बनाएका थिए । तर त्यसपछिको बाँकि दुवै सेटमा जोकोभिचले टिम भानलाई कुनै पनि मैका दिएनन । २० पटकको ग्रान्ड स्लाम विजेता ३५ वर्षीय जोकोभिचले अब क्वाटरफाइनलमा जानिक सिमरको सामना गर्नेछन् ।

Skip This
Skip This
Logo