विनोद शाही मृत्यु प्रकरण : अछाममा निषेधाज्ञा जारी

विनोद शाही मृत्यु प्रकरण : अछाममा निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युको घटनाले सदरमुकाम मंगलसेन तनावग्रस्त भएपछि त्यहाँको प्रशासनले निषेधाज्ञा जारी गरेको छ। 
 
जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो।

शाहीको मृत्यु घटनालाई लिएर कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीहरुलाई पटक पटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कार्य भएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। 

 

Logo