संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरौं : पूर्णबहादुर खड्का

संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरौं : पूर्णबहादुर खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्रालयको विषयमा संसदीय छानविन गर्नुपर्ने बताएका छन् ।  

खड्काले अर्थमन्त्रालयका सम्बन्धमा गम्भीर चासोको विषय बनेकाले संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्नुपर्ने बताए।

 उनले विगतमा पनि संसदको यस्तो परम्परा रहेको उल्लेख गरे। खड्काले लेखेका छन्,‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । 

विगतमा पनि संसदको यस्तो परम्परा छ।’उनले ढिला नगरी आजै संसदीय समिति निर्माणको टुंगो लगाउनुपर्ने बताए।

 

Skip This
Skip This
Logo