अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन आज

अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन आज

केन्द्रबिन्दु
0
Shares

अप्पर सोलु इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ।

सर्वसाधारणका लागि असार २० गतेदेखि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समय बिहीबार ९आज० सकिन लागेको हो।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत यसमा आवेदन दिन सकिनेछ।

Skip This
Skip This
Logo