साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस सेवा आजबाट सुरु भएकाे छ । यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् । चीन मै ‘ ग्रेडबिलिटी टेस्ट ’ ‘उकालो तान्न सक्ने क्षमता’ परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो ।
बाँकी ३७ वटा वस पनि आउने क्रममा रहेको साझा यातायातले बताएको छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।
यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन ।





























प्रतिक्रिया