धेरै शारीरिक व्यामले कोभिड—१९ जस्ता संक्रमण रोग लाग्ने सम्भावना प्रबल

धेरै शारीरिक व्यामले कोभिड—१९ जस्ता संक्रमण रोग लाग्ने सम्भावना प्रबल

केन्द्रबिन्दु
0
Shares

व्यायामको तीव्रता र संक्रमणको जोखिमका विषयमा भएको एक अध्ययनले अनौठो नतिजा देखाएको छ । 

जर्मन स्थित म्यूनिखमा गरिएको एक अध्ययनमा उच्च स्तरको शारीरिक गतिविधिका कारण, अर्थात, अधिक व्यायाम गर्दा सास लिने एरोसोल निस्कने मात्रा धेरै छिटो बढ्छ, जसका कारण मानिसलाई संक्रामक (सरुवा) रोग लाग्ने जोखिम धेरै बढ्छ । 
कोभिड–१९ महामारीको सन्दर्भमा यो अध्ययन निकै महत्वपूर्ण मानिएको छ । 
व्यायाम र स्वास्थ्य यी दुईको सम्बन्ध निकै नजिकको हुन्छ । तर के व्यायाम आफैंमा संक्रमणको कारण बन्न सक्छ ? हालै भएको एक अध्ययनलाई आधार मान्ने हो भने धेरै व्यायाम स्वास्थ्यको लागि हानिकारक छ । 
अध्ययनले अत्यधिक व्यायामले शरीरमा इन्फेक्सन निम्त्याउन सक्छ भन्ने पत्ता लगाएको छ । सो अनुसन्धानमा विशेष प्रयोगपछि यो निष्कर्ष निकालिएको हो । 

म्युनिख अनुसन्धान टोलीले प्रयोगात्मक रूपमा पत्ता लगाएको छ कि उच्च स्तरको शारीरिक गतिविधिले हाम्रो श्वास नलिबाट एरोसोल उत्सर्जनमा वृद्धि हुन्छ । जसले घरभित्र व्याम वा शारीरिक अभ्यास गर्ने मानिसहरुलाई कोभिड—१९ जस्ता संक्रामक रोगहरूको निकै जोखिम हुन्छ । यी कुरा जिम गर्ने ठाउँमा पनि लागु हुन्छ, किनकी त्यहाँ शारीरिक परिश्रम धेरै हुन्छ ।

Logo