नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका हुन्।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जनाएको छ।
‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’, विज्ञप्तिमा भनिएको छ।





























प्रतिक्रिया