भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारत विहार, जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारी रहेका छन्।
वीरगञ्ज बस्दै आएकी १५ वर्षीया बालिका २०७८ माघ १२ गतेदेखि हराएकी थिइन्। पक्राउ परेका दुवै जनाले किशोरीलाई भोजपुरी चलचित्रको हिरोईन बनाइ दिने प्रलोभन देखाइ भारतको बिहार राज्य, पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर हाल फरार रहेका एक भारतीय नागरिकसँग तिस हजार रुपाैयाँ भारु (भारतीय रुपाैयाँमा)मा बेचेको प्रहरीले जनाएको छ।
ती भारतीय नागरीले पीडित किशोरीलाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाइ कसैसँग सम्पर्क गर्न नदिइ शारीरिक र मानसिक यातना दिइ राखेको अवस्थामा किशोरी असार २१ गते भागेर अभिभावकको सम्पर्कमा आएकी थिइन्।































प्रतिक्रिया