काठमाडौं महानगरका मेयर बालेन्द्र शाह एकपटक फेरी विवादित बनेका छन् ।
स्थानिय तहको निर्वाचनमा मेयरमा उम्मेदवारी दिएदेखि पटक पटक चर्चामा आएका मेयर बालेनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेसँगै आलोचित बनेका छन् । पछिल्लो समय प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, टावर र प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्तिलाई काठमाडौंका मेयर बालेन साहले पनि निरन्तरता दिएका छन् ।
काठमाडौंका मेयर साहले र्यापर यमबुद्धको शालिक बनाउन बजेट छु्ट्याएका छन् । साहको यस निर्णयले वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् । यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको वडाध्यक्षहरुको गुनासो छ । शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन् ।
संघीयताले दिएको उपहार आँगनका सिंहदरबार भनिने स्थानीय सरकारहरुको पहिलो कार्यकाल पूरा भएपछि देशैभरीका पदाधिकारीहरुको कार्यकाल भ्यू टावर,शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमले विवादित बन्यो ।सरकारले यो आर्थिक वर्षको बजेटमा भ्यु टावर जस्ता कार्यक्रमको बजेट कटौती गर्ने नीति पनि ल्याएकोथियो । विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले यसमा कडाइ गर्ने नीति लिएको हो ।
नेपालको स्थानीय शासन अभ्यासमा पहिलो अभ्यास भएको नगरपालिका हो काठमाडौं महानगरपालिका । देशको राजधानी भएकाले मात्र होइन मुलुककै पहिलो स्थानीय जननिर्वाचित संस्था पनि भएकाले महानगरपालिका उदाहरणीय बन्ने अवसर र आकांक्षा थियो । तर पाँच वर्षको अभ्यास हेर्दा महानगरपालिकाको पहिलो स्थानीय सरकार सञ्चालन अभ्यास कम प्रशंसनीय र बढी विवादित पाइन्छ।
मेयर साह स्वयंले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए । तर, अहिले आएर आफ्नो प्राथमिकताविपरित शालिकनिर्माणतिर उनी लम्किएका छन् ।कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै असन्तुष्टि देखिएको छ ।
यमबुद्ध नेपाली ¥याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यमबुद्धद्वारा संचालित ¥याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ ¥याप ब्याटलमार्फत नै ¥याप क्षेत्रमा परिचित भएका हुन् ।मेयर बालेनको सचिवालयका स्वकिय सचिव भूपदेव शाहले ¥यापर यमबुद्धको योगदानको कदर गर्दै शालिक निर्माण गर्न लागिएको बताए ।
उनले यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका र दसदेखि १५ लाख रूपैयाँसम्ममा शालिक बनाउने कार्यक्रम तय भएको बताए । तर, शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन नभएको उनको भनाइ छ । बालेन शाहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन् । काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा आत्महत्या गर्नेको पनि सालिक बनाउने, देश छाडेर लण्डन बस्न गएर आत्महत्या गरेको एक मान्छेको लागी सालिक बनाउनका लागि सरकारी पैसा खर्च गर्नु गलत भएको फेसबुक प्रयोगकर्ताले लेखेका छन । त्यस्तै अर्का फेसबुक प्रयोगकर्ताले राजाले राजाको सालिक ठड्याए, नेताले नेताको । अब ¥यापरले ¥यापरको सालिक ठड्याउने समय आयो भन्दै व्यङ्ग्य गरेका छन् ।
वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ।शाह स्वयंले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए।
यद्यपि मेयरसाहले यमबुद्धको शालिक महानगरको बजेटबाट नभएर आफ्नो तलबबाट बनाउने बताएका छन् । शनिबार एक ट्विट गर्दै उनले शालिक बनाउन राज्य कोषबाट खर्च नगर्ने स्पष्ट पारेका हुन् ।































प्रतिक्रिया