काठमाडौं ।
सरकारले आजदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिएका छन्।
त्यस्तै, सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ । अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए ।
अन्य व्यक्तिहरुले कोरोना परीक्षण शुल्क तिरेर परीक्षण गराउन सक्ने र निर्धारण गरेको शुल्क भन्दा बढी लिन नपाईने मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया