चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् ।
गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।
बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै जियानचायो चार्टर्ड जहाजमा काठमाडौं आइपुगेका हुन्।
काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्। उनले आजै दिउँसो प्रधानमन्त्री देउवालाई भेट्ने छन्।
जियानचाओले सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।































प्रतिक्रिया