कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

 बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ।

चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ। कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६४८ पुगेको छ।

केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए। गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या करिब १८० प्रतिशतले बढेको छ।
 

Skip This
Skip This
Logo