आरजुसँग छोरा जयवीर पनि गए नयाँ दिल्ली

आरजुसँग छोरा जयवीर पनि गए नयाँ दिल्ली

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा नयाँदिल्ली पुगेकी छन्। उनको साथमा छोरा जयवीर देउवा पनि गएका छन् । 

आरजु नेपाल एयरलाइन्सको विमानबाट आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ।

आरजु उपचारका लागि दिल्ली गएको बालुवाटार स्रोतले दाबी गरेको छ। आरजु लामो समयदेखि ढाडको समस्याबाट ग्रसित छन्। दिल्लीमा विगत पाँच वर्षदेखि उनले उपचार गराउँदै आएकी छन्। उनी फ्लोअपका लागि छोरासँग दिल्ली गएको बताइएको छ।

यसअघिका दिल्ली भ्रमणमा आरजुले भारतीय सत्तारुढ बीजेपीका नेताहरुसँग भेट गरेकी थिइन्। यसपालि राजनीतिक भेट हुनेरनहुने निश्चित नभएको बताइएको छ।

Skip This
Skip This
Logo