आइसीसी पुरुष विश्वकप लिग : नेपालले आज नामिबियाको सामना गर्दै

आइसीसी पुरुष विश्वकप लिग : नेपालले आज नामिबियाको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

आइसीसी पुरुष विश्वकप लिग– २ अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी नामिबियाको सामना गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पाैने चार बजे स्कटल्यान्डमा हुनेछ । आजको खेलमा जित निकाल्ने टोली लिग २ को पाँचौ स्थानमा रहने छ । 

हाल १६ खेलबाट १५ अंक जोडेर नेपाल पाँचौ र १५ खेलबाट १४ अंक जोडेर नामिबिया छैटौं स्थानमा छ । यी दुई टोलीबीच एक स्थान र एक अंकको फरक रहँदा आज जितेर २ अंक जोड्ने टोलीले पाँचौं स्थान बनाउने छ ।

लिग २ मा नेपालले पहिलो पटक नामिबिया र घरेलु टोली स्कटल्यान्डको सामना गर्न लागेको हो । नेपालले आज नामिबियासँग खेलेपछि बुधबार स्कटल्यान्ड र शनिबार नामिबियाको सामना गर्नेछ । 

सोमबार पहिलो दिनको खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो । 
विश्वकप लिग–२ मा हालसम्म नेपालले १६ म्याच खेलेको छ ।

Skip This
Skip This
Logo