अप्रिलियाद्वारा २५० सिसीको म्याक्सी स्कुटर सार्वजनिक

अप्रिलियाद्वारा २५० सिसीको म्याक्सी स्कुटर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

इटालियन टु ह्विलर निर्माता अप्रिलियाले चीनीयाँ बजारमा २५० सीसीको म्याक्सी स्कुटर लन्च गरेको छ ।

एसआर म्याक्स २५० एचपिई मोडलको यो स्कुटरको अधिकतम पावर २५.८ विएचपी र टर्क २२.५ एनएम रहेको छ । स्कुटरको मूल्य नेपाली रुपैयाँ ५ लाख हाराहारी तय गरिएको छ ।
यो स्कुटरमा ७ इन्चको टिएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र इको र स्पोर्ट सहित २ प्रकारको राइडिङ मोड दिइएको छ । फराकिलो स्टोरेज स्पेस र ट्रयाक्सन कन्ट्रोल सिस्टम उपलब्ध गराइएको यो स्कुटरमा डुअल च्यानल एबिएस समेत जडान गरिएको छ । स्कुटरको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ग्यास चार्ज्ड शक उपलब्ध छ ।

अप्रिलिया नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा यसको स्ट्रोम १२५, एसआर १२५, एसआर १५० र एसएक्स आर १६० मोडल उपलब्ध छन् । जसको मूल्य क्रमश २ लाख ६५ हजार ९ सय, २ लाख ७२ हजार ९ सय, ३ लाख ४४ हजार ४ सय र ४ लाख ४६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

Logo