केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन् ।  

आज सोमवार काठमाडौं आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डु मा नाम लेखाउन सफल होटललाई शुभकामना एवम् आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो  बताए । मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले कीर्तिमान बनाएको भन्दै खुसी व्यक्त  गरे । 

सोलुखुम्बुको गोरखसेप एभरेस्ट बेस क्याम्प नजिकको गाउँ एभरेस्ट इन प्राइभेट लिमिटेड विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ । यो होटल पाँच हजार एक सय ८० मिटर उचाइमा रहेको छ । वर्ल्ड बुक्स रेकर्ड लन्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा एभरेस्ट इन प्राइभेट लिमिटेड ले आधिकारिक प्रमाणपत्र पाएको छ । 

मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले  यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताए । 

यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्युु ९तीन हजार आठ सय ८० मिटरको उचाइलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रूपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो ।

Skip This
Skip This
Logo