जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य महिन्द्र राय यादवले बाबुराम भट्टराईले त्याग नगरेको भए पहिचानवादी दलहरु एक ठाउँमा आउनै नसक्ने बताएका छन्।
काठमाडौंमा सुरु जसपाको भट्टराई पक्षीय भेलालाई मंगलबार सम्बोधनका क्रममा यादवले यस्तो बताएका हुन्। यादवले अर्का अध्यक्ष उपेन्द्र यादवको व्यवहारका कारण केन्द्रीय कार्य समिति बैठक डाक्न बाध्य भएको बताएका छन्।
अब हामीले भएका उपलब्धी रक्षा गर्दै जानुपर्छ। मधेस आन्दोलनबाट धेरै रहेका पार्टी मिलाएर राष्ट्रिय जनता पार्टी बनेको थियो, उनले भने, अब यो देशमा एउटा वैकल्पिक पार्टी चाहिन्छ भनेर वैशाख १० गते ११ बजे राति जनता समाजवादी पार्टी बन्यो।































प्रतिक्रिया