जनता समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले वीरगञ्ज बैठकमा असुरक्षाका कारण सहभागी हुन नसकेको बताएका छन ।
आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारित बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन ।
पार्टी नेतृत्वहरूबाट वीरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेको भन्दै असन्तुष्टी जनाएका यादवले भने, ‘काठमाण्डौमा के कारण आईपर्यो र बैठक बस्न सकिएन, वीरगञ्जमा किन राखियो ? ।’
उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।





























प्रतिक्रिया