काठमाडौंका नदीमा पानीको सतह बढ्यो, नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन महाशाखाको आग्रह

काठमाडौंका नदीमा पानीको सतह बढ्यो, नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन महाशाखाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाडौंमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ ।

पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच अहिले काठमाडौं उपत्यकासहित बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश पनि बादलले ढाकेको छ । स्थानीयरूपमा उत्पन्न भएको छुट्टाटुट्टै प्रणालीले बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश कालो भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । केहीबेर पानी परिसकेपछि भने बादल हट्ने उनले बताए । 

यी दुई प्रदेशमा आज राति पनि पानी पर्ने सम्भावना छ । प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताए ।  पहाडी भू–भागमा भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको उनले बताए । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।  

Skip This
Skip This
Logo