काठमाडौं महानगरद्वारा फुटपाथमा निर्माण सामग्री राख्नेलाई पाँच हजार जरिवाना

काठमाडौं महानगरद्वारा फुटपाथमा निर्माण सामग्री राख्नेलाई पाँच हजार जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्नेलाई ५ हजार जरिवाना गराएको छ। महानगरपालिकाले फुटपाथ र सडकमा निर्माण सामाग्री राखेको कारण आज कारबाही गरिएको जानकारी गराएको छ। 

फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेको बताउँदै महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो। तर, कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य हो।’

यसअघि हिजो मंगलबारमात्रै काठमाडौंको रातोपुल नजिकैबाट नदीमा फोहोर फाल्ने एक कम्पनीलाई २५ हजार जरिवाना गरेको थियो।

Logo