कोरोना भाइरस संक्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।
भैरहवाका पुरुषको हिजो साँझ र पाटनका युवकको राति १० बजे मृत्यु भएको हो । जलेश्वरकी महिलाको भने हिजो दिउँसो नै मृत्यु भएको थियो ।
उता रौतहटको राजपुर निवासी एक पुरुषको आज बिहान गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । मधुमेह र निमोनियाबाट ग्रसित ती पुरुष शुक्रबार अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछीकी ६५ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको छ । शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी महिलालाई हिजो नै कोरोना पुष्टि भएको थियो ।





























प्रतिक्रिया