दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार ५९ दशमलव ५४ अंकले बढेको बजार आज पनि १४ दशमलव ७१ अंकले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको हो । 
 
बिहीबार सेयरसँगै कारोबार रकम पनि बढेको हो । आज २२० वटा धितोपत्रको ६२ लाख १० हजार  कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख  ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।     
बिहीबार  १३ वटै समूहको परिसूचक बढेकोे छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको २ दशमलव शून्य ४ प्रतिशतले बढेको हो । 
त्यस्तै एनआइविएल प्रगति फण्डको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ  भने कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक ३० करोड १८ लाख भन्दा बढीको सेयर कारोबार भयो ।

Logo