सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताउनु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् ।
उनले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नती नहुने दाबी गर्नु भयो । सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरु पर्खिएर बसेको बताउनु भयो । रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने बताए ।
उनले भने ,‘ नेपालको संविधानमा हामीले सहमतिका साथ नागरिकताको महल राखौं । नागरिकताको महलमा संविधानमा लेखेको कुरालाई बदल्ने प्रयत्न अघिल्लो पटकको समितिको प्रतिवेदनबाट भयो । त्यो गलत थियो । त्यो गर्नु हुँदैन भनेर हामीले भनौं । गृहमन्त्रीले त्यसलाई प्रश्तुत गर्ने कार्यसूची तयार भएको थियो । त्यसबेलाका गृहमन्त्री आफू चुनाव लड्दाको पहिचान बदलियर अर्को पहिचानमा पुगेर गृहमन्त्रीबाट विदा भइसक्नु भयो । नेपालको नागरिकले नेपालको प्रमाणपत्र पाउन सक्ने दिन बन्न सकेन । अहिले विद्येयक आएको छ । आर्थिक अधिकार बारेमा अहिले पनि विभेद छ । एउटा सिमित जग्गा मात्रै खरिद गर्न पाउँछ ।त्यसको ग्यारेण्टी कसरी हुने हो । अहिलेको विद्येयक ध्यान पुग्न सकेको छैन । एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउँनु हुँदैन । एउटा कुनै पनि नागरिकले कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न ।’
सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनु पर्ने अवस्थाको अब अन्त्य गर्नु पर्ने बताए ।





























प्रतिक्रिया