ललितपुरमा १५ जनामा डेँगु संक्रमण

ललितपुरमा १५ जनामा डेँगु संक्रमण

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको छ ।
संक्रमितहरू ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र आसपासका बासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरकी र्‍यापिड रेस्पोन्स टिमकी फोकल पर्सन गीता आचार्यले जानकारी दिइन् ।

ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका उनीहरूमा गम्भीर असर भने नदेखिएको आचार्यले बताइन् ।
 

Skip This
Skip This
Logo