नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समिति बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् ।
आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए ।
उनले, ‘आउँदा दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरू छन्, यसको उत्तर पार्टीले दिन्छ । गठबन्धनलाई सकेसम्म निरन्तरता दिनेर गठबन्धन तोडिएमा भने प्लान बी मा पनि जानुपर्ने कुरा उठेको छ ।’
पार्टीको बारेमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरूले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने सहमहामन्त्री पाण्डेको भनाइ छ । उनले आउँदा दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरूले कुरा राखेको जानकारी दिए ।
सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।































प्रतिक्रिया