नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तीन दिने भारत भ्रमणका लागि जाँदै छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले दाहाललाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे। त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।
उनले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले दाहाललाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिएका छन् । भारत भ्रमण सकेर दाहाल साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।































प्रतिक्रिया