उपसभामुखको निर्वाचन : सत्ता गठबन्धनलाई लोसपाको साथ

उपसभामुखको निर्वाचन : सत्ता गठबन्धनलाई लोसपाको साथ

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा सत्ता गठबन्धनलाई साथ दिएको छ।

प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखको निर्वाचनका क्रममा बोल्दै लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने बताइन्। 

यसअघि एमालेको समर्थनमा चौधरीलाई उपसभामुखमा उठाउने कुरा भएको थियो। त्यसका लागि एमालेले लोसपासँग संवाद पनि गरेको थियो। शुक्रबार बिहान एमाले अध्यक्ष ओली त्यसका लागि लोसपा अध्यक्ष ठाकुरलाई फोन पनि गरेका थिए। 

देउवाले पनि ठाकुरलाई फोन गरेका थिए। देउवाले लोसपालाई सत्तामा ल्याउन यसअघि पनि वार्ता गरेको थियो। 

Skip This
Skip This
Logo