काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या बढ्दै गएका छन् ।
आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोट ककनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो ।
हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन। त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेका छन ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएको छ ।





























प्रतिक्रिया