भ्रमण अपेक्षाअनुसार सफल भएको छ : पुष्पकमल दाहाल

भ्रमण अपेक्षाअनुसार सफल भएको छ : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर फिरेपछि त्रिभुवन विमानस्थलमा उनले यस्तो बताएका हुन्। 

उनले भने ‘मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँु, उनले भने, ुभ्रमण अपेक्षाअनुसार सफल भएको छ।  मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।’

’उनले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको बताए। मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँु, उनले भने, यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ।’

Logo