वर्षका कारण काठमाडौंको विष्णुमती र धोबीखोलामा जलस्तर बढेको छ। जल तथा मौसम विज्ञान विभागले यी दुई खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सोमबार विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ। विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १ ५ मिटरले बढेको विभागले जनाएको छ।
विभागका अनुसार ‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ। विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ’ सोमबार दिउँसो ३ बजे जारी सूचनामा भनिएको छ, ‘विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ।































प्रतिक्रिया