नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गर्ने भएको छ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको हो । 

पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको छ । शीर्ष नेताहरुसँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गरेको छ । अब आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित हुने भन्दै कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने बताएको छ ।

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

Skip This
Skip This
Logo