इबोला र कोरोनाभन्दा पनि खतरनाक भाइरसको पीर !

इबोला र कोरोनाभन्दा पनि खतरनाक भाइरसको पीर !

केन्द्रबिन्दु
0
Shares

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संकटको बीचमा अर्को भाइरसको चिन्ता बढेको छ । अफ्रिकी देशको घानामा इबोला र कोरोनाभन्दा खतरनाक मारबर्ग भाइरसले त्रास बढाइरहेको छ । 

उक्त भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भइसकेको छ । घाना स्वास्थ्य विभागले मारबर्ग भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि गरेको हो । बीबीसी रिपोर्टका अनुसार यी दुवै बिरामीको नमूना जुलाईको पहिलो हप्ता पोजेटिभ पाइएको थियो ।
घाना भन्दा पहिले अंगोला, कंगो, युगान्डा, केन्या र दक्षिण अफ्रिकामा यस रोगका बिरामी भेटिएका थिए ।  

कस्तो हुन्छ यो भाइरसको लक्षण ?

दक्षिणी घानामा ज्यान गुमाएका दुवै बिरामीमा पखाला, ज्वरो, वाकवाकी र बान्ता जस्ता धेरै लक्षणहरू देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ । यो रोग लागेका बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुख्ने तथा पेट दुख्ने जस्ता लक्षण देखापर्छन् । 
सन् १९६७ देखि मारबर्ग प्रकोप एक दर्जनभन्दा बढी पटक देखिएको छ । यद्यपि यसका धेरैजसो केसहरू दक्षिण र पूर्वी अफ्रिकामा भेटिएका छन् । 

कसरी फैलियो भाइरस ?

डब्लुएचओका अनुसार यो भाइरस चमेरोबाट मानिसमा सरेको हो । यस भाइरसबाट संक्रमित व्यक्तिसँग शारीरिक सम्पर्कमा आएमा यो भाइरस फैलिन बताइएको छ । 
 

Logo