संसदीय समितिले आज सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल गर्दै

संसदीय समितिले आज सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल गर्दै

केन्द्रबिन्दु
0
Shares

आज पनि संसदीय छानबिन समितिको बैठक बस्दैछ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएकाे छ। हिजाे बसेकाे छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियाे।समितिले  जेठ महिनाकाे सिसिटिभी फुटेज मगाए पनि असार महिनाकाे मात्र फुटेज दिइएकाे थियाे।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

Skip This
Skip This
Logo