शान्त र स्वच्छ वातावरणमा पढ्ने रहर कस्को पो हुँदैन र ? यही रहर पूरा गर्छ भक्तपुर सूर्यविनायक नगरपालिकाको गुन्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलले ।
विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले काठमाडौँ वर्ल्ड स्कुलको स्थापना भएको हो ।
स्कुलको भौतिक संरचना र सुविधा हेर्दा निकै महँगो जस्तो देखिए पनि यहाँ निम्न, मध्यम र सम्पन्न वर्गका विद्यार्थी अध्ययनरत छन्।
कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ।
यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हाल एक हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
सूर्यविनायक नगरपालिकाले समेत यस स्कुललाई विशिष्ट श्रेणीको शिक्षण संस्थाका रूपमा मनोनित गरेको छ। स्कुलको भौतिक संरचना र सुविधा हेर्दा निकै महँगो जस्तो देखिए पनि यहाँ निम्न, मध्यम र सम्पन्न वर्गका विद्यार्थी अध्ययनरत छन्।
शान्त स्थानमा विश्वस्तरीय भौतिक संरचना र आन्तरिक पूर्वाधार भएको काठमाडौं वर्ल्ड स्कुल अद्वितीय सिकाइ वातावरणका लागि समेत परिचित रहेको छ ।





























प्रतिक्रिया