‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ को अवधारणा सहित २५ वर्षअघि स्थापना भएको प्रसादी एकेडेमी प्लस टू शिक्षा दिने कलेजको भीडमा पृथक र अब्बल छ । यही मूलमन्त्रका कारण पनि प्रसादी सफल छ ।
कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउने प्रसादी ‘प्लस टु’ अध्यापन गराउने अग्रणी शैक्षिक संस्था हो ।
दुई दशकलामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।
प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट छ । प्रसादी एकेडेमी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण पनि विद्यार्थी र अभिभावकमाझ बेग्लै छाप छाड्न सफल छ ।
सर्वोत्कृष्ट शैक्षिक परिणामका आधारमा तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषदबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा लगातार चार वर्ष सम्मानित यो संस्था पूर्ण रूपमा ‘प्लस टु’ एजुकेसनमा केन्द्रित छ ।
निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्नु प्रसादीको मुख्य विशेषता हो । कलेजका फाउन्डर प्रिन्सिपल विक्रम राईले प्रसादीले विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउने दाबी गर्छन् ।
उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाले गुणस्तरीय शिक्षाका लागि ‘पूर्ण समय’ लगानी गरेको बताउने गरेको छ। त्यसैले ‘प्लस टु’मा निरन्तर ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल छ प्रसादी।
अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय समूह र दक्ष तथा अनुभवी शिक्षक यो संस्थाका विशेषता हुन्। दुई दशकलामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।





























प्रतिक्रिया