आगामी मंसिरमा चुनाव हुनुपर्छ, चुनावपछि एमालेको सरकार बन्छ : केपी शर्मा ओली

आगामी मंसिरमा चुनाव हुनुपर्छ, चुनावपछि एमालेको सरकार बन्छ : केपी शर्मा ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिरमा हुनैपर्ने बताएका छन्। सत्ता गठबन्धनले आगामी फागुनतिर पनि गर्न सकिने गरी छलफल अघि बढाएका बेला ओलीले दुवै तहको निर्वाचन मंसिरमै हुनुपर्ने अडान राखेका हुन्। 

उनले भने, ‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। यसलाई तलमाथि हुन दिनु हुँदैनु,’ एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने, ‘यसबीचमा दैनिक भ्रष्टाचारका घटना बढिरहेका छन्। यीविरुद्ध एमालेपंक्तिले लड्नुपर्छ।’

उनले सरकार दमनकारी ढंगले ओर्लिएको बताउँदै त्यसको प्रतिकार गर्न पनि एमाले कार्यकर्तालाई निर्देशन दिएका हुन्। ओलीले मंसिरको चुनावपछि एमालेको सरकार बन्नुपर्ने पनि बताए। 

 

Logo