ओलीकै कारण पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि एमाले पनि फुट्यो : माधवकुमार नेपाल

ओलीकै कारण पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि एमाले पनि फुट्यो : माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण नेकपा विघटन हुन पुगेको बताएका छन्। उनले नेकपा फुटाउने काममा केपी ओलीले भूमिका खेलेको आरोप लगाए । 

गत वैशाख ३० गते आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा नेपालले यस्तो बताएका हुन्। 

‘हामीले विद्रोह गरेर आएका हौँ। नयाँ पार्टी बनाएर कमिटी बनिनसकेको अवस्थामा हामी निर्वाचनमा गयौँ, ओलीका कारण कमरेड भन्नेहरु जति पाखा लागेर गए। पार्टीमा समस्या आए। पार्टीका बैठक बस्नै सकेनन्। बहुमत पुग्दैन कि भनेर बस्न छाडे। पार्टी चल्नै नसक्ने अवस्थामा पुगिसकेपछि पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि विद्रोह गर्यौँ।’नेकपा विभाजनको प्रमुख कारण संसद विघटन पनि भएको उनले बताए। 

 

Logo