एकै दिन तोलामा एक हजारले घट्यो सुनको मूल्य

एकै दिन तोलामा एक हजारले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपौयाँले ओरालो लागेर ९३ हजार रुपौयाँ तोकिएको छ। उक्त सुन  हिजो बुधबार  प्रतितोला ९४ हजार रुपौयाँमा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपौयाँ रहेको छ। उक्त सुनको मूल्य  हिजो बुधबार प्रतितोला ९३ हजार ५ सय रुपौयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपौयाँले घटेर एक हजार १५५ रुपौयाँ तोकिएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

Logo